Aamsanchar

सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

Author Image
सोमवार, माघ १४, २०८१

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।

अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

लामिछानेको शल्यक्रिया डा.दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो ।

शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दै आएका थिए ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर