![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/InShot_20250127_184246265.jpg)
काठमाडौं – रुस-युक्रेन युद्धका क्रममा मारिएका ओखलढुंगाका विनोदबहादुर सुनारको कुश र जौको पिठोको प्रतिमा बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
युद्धका क्रममा ७५ दिनदेखि सम्पर्कविहीन भएका ३६ वर्षीय विनोद मारिएको खबर आएसँगै सोमबार उनको अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
उनी कार्यरत सेनाको कमान्डरले युद्द्धको क्रममा बागमुत क्षेत्रमा उनको मृत्यु भएको खबर परिवारलाई पठाएका थिए । उनै रुसी सेनाका कमान्डरले दिएको सूचनाको आधारमा विनोदको अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । विनोदका १४ वर्षीय छोरो कृष्णले दागबत्ती दिएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
पारवारिक स्रोतका अनुसार विनोदको पारिवारले पाउने सेवा, सुविधा एवम् क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन ती कमान्डरले दिएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
ओखलढुंगाको मोलुङ-७ स्थित पात्ले घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-४ मा उनको परिवार बस्दै आएका छन् ।
विनोदको श्रीमती, छोरा र आमा छन् । उनी १७ असोजमा रुस गएका थिए ।