Aamsanchar

ऋण तिर्न ‘तीन समस्याग्रस्त सहकारी’का ऋणीलाई ३५ दिने सूचना जारी

Author Image
मङ्गलवार, माघ १५, २०८१

काठमाडौं – समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी भएको छ।

बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु र काठमाडौंका लालीगुराँस तथा नेसनल नमोबुद्ध वचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको हो ।

तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । समितिले तीनवटै सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन भनेको छ। तोकिएको समयभित्र दायित्व राफसाफ नगर्नेलाई कुनै बैंक वा वित्तिय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।

समितिले सोमबा तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवं सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै कारोबार नगर्न निर्देशन दिएको थियो ।

 

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२