Aamsanchar

झापामा दुधको भुक्तानी नपाएका कारण समस्या, दूध सङ्कलन प्रभावित

Author Image
मङ्गलवार, माघ १५, २०८१

दमक- झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ ।

महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दूधको रकम नपाएका कारण आफुहरूले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दूध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ ।

एक वर्ष अघिदेखिको भुक्तानी आफुहरूले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरूले बताउँदै आएका छन् । सहकारी संस्थाहरूले पैसा नपाएपछि दूध ल्याएका किसानहरूले पनि भुक्तानी पाउन सकेका छैनन् । पोखराको सुजल डेरीले यहाँका दुग्ध सङ्कलन सहकारीहरूलाई भुक्तानी दिनु पर्ने हो ।

गौरादहको वैगुन्धुरा साना किसान सहकारीले पनि सङ्कलन गरेर बिक्री गरेको दूधको एक करोड रुपियाँ हाराहारीमा नगद सुजल डेरीबाट पाउन बाँकी छ । लामो समयदेखि दूधको भुक्तानी नपाउँदा किसानको दूध नै रोक्नु पर्ने अवस्था आएको छ । दूध बिक्री नुहँदा किसानहरू मारमा परेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, माघ १८, २०८१
सुनको भाउ बढ्यो
बुधवार, माघ १६, २०८१