Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बुधवार, माघ १६, २०८१

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ रहेको थियो ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२