

झापा- नेपाल बार एसोसिएसन झापा जिल्ला अदालत बार इकाईको नयाँ कार्यसमिति चयन भएको छ। माघ १९ गते हुने भनिएको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो।तर कसैको दाविविरोध नपरेका कारण सबै सर्वसम्मत निर्वाचित भएका छन् ।

नव-निर्वाचित कार्यसमितिमा अध्यक्ष पदमा वसन्त नेपाल, उपाध्यक्षमा चिन बहादुर मगर, सचिवमा दिपेन्द्र भट्टराई, सह-सचिवमा सानु कार्की, र कोषाध्यक्षमा विजय झुन्ना चयन भएका छन्।
त्यसैगरी, सदस्य पदमा नारायण प्रसाद पौडेल, हेमकला केसी, शान्ता पाठक, डम्बर गिरी, तारानाथ सापकोटा, तारकेश्वर बरालकोटी, र नरेश खाती निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, केन्द्रीय परिषद सदस्य (पार्षद) पदमा नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद शिवाकोटी, वैजनाथ सिटौला, पवन कार्की, लेखनाथ निरौला (लक्ष्मी), यज्ञप्रसाद अधिकारी, लक्ष्मीप्रसाद अधिकारी, र बिष्णुसिंह चौधरी निर्वाचित भएका छन्।
निर्वाचन समितिले उम्मेदवारहरूको नामावली प्रकाशित गर्दै निर्वाचन प्रक्रिया पारदर्शी रूपमा सम्पन्न भएको जानकारी गराएको छ।


