Aamsanchar

गायत्री माता मन्दिर धर्मको लागि प्राण हो : व्यासाचार्य सुवेदी

Author Image
बुधवार, माघ १६, २०८१

बिर्तामोड । बिर्तामोडमा निर्माण सम्पन्न भएको भव्य गायत्री माता मन्दिरमा भोलीदेखि पाँच दिवसीय महायज्ञ सुरु हुँदैछ। अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पं. कुवेर सुवेदीले यस मन्दिरलाई सनातन धर्मको लागि प्राण भएको बताउँदै गायत्री माताको दरवारको रूपमा व्याख्या गरेका छन्।

व्यासाचार्य सुवेदीका अनुसार गायत्री माताको उपासना सर्वश्रेष्ठ मानिन्छ। उनले गायत्री मन्त्रको प्रभाव उल्लेख गर्दै एक पटकको उच्चारणले ८० मिनेट आयु बढ्ने दाबी गरेका छन्। साथै, जनै धारण गर्ने व्यक्तिहरूले समेत यो मन्त्र भुल्दै गएकोमा चिन्ता व्यक्त गरे।

अनुष्ठान तथा कार्यक्रमहरूभोलीदेखि सुरु हुने पाँच दिवसीय अनुष्ठानको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय गरिएको छ। माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना हुनेछ। माघ १७ देखि २१ गतेसम्म दैनिक भजन(कीर्तन तथा महाप्रसाद वितरण गरिनेछ।

कार्यक्रम संयोजक रोनक वंशलका अनुसार नेपाल तथा भारतका चर्चित भजन गायकहरू कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत, र नेहा सिंह राजपुतले भजन प्रस्तुति दिनेछन्।

प्राण प्रतिष्ठा र शोभायात्रामन्दिर उद्घाटनपछि माघ २१ गते विधिपूर्वक गायत्री माता प्राण प्रतिष्ठा गरिनेछ। कार्यक्रम संयोजक वंशलका अनुसार प्राण प्रतिष्ठा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न गरिनेछ। प्रतिष्ठाअघि मन्दिर परिसरबाट नगर परिक्रमा गरिँदै बिर्तामोड नगरको शोभायात्रा गरिनेछ।

मन्दिर निर्माणमा अढाई करोडको लगानीअढाई करोडको लागतमा निर्माण सम्पन्न भएको यस मन्दिरमा दाता परिवार, बिर्तामोड नगरपालिका, र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको छ। भव्य र सुन्दर मन्दिर निर्माण भएकाले आयोजक समितिले सबै भक्तजनलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर