Aamsanchar

शनिश्चरे बहुमुखी क्याम्पसमा विद्यार्थी युनियनद्वारा तालाबन्दी

Author Image
बुधवार, माघ १६, २०८१

अर्जुनधारा, झापा – शनिश्चरे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तीन सुत्रीय माग अघि सार्दै मंगलबार प्रशासनमा तालाबन्दी गरेको छ। क्याम्पसमा व्याप्त अव्यवस्था, लापरवाही र वेथितीको विरोध गर्दै स्ववियुले उक्त कदम चालेको हो।

विद्यार्थी नेताहरूले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा तीन प्रमुख मागहरू समेटिएका छन्।
सरस्वती मन्दिर निर्माणको लागि निवेदन दिइए पनि कार्यान्वयन नभएको र त्यसको कारणबारे लिखित जानकारी दिनुपर्ने। विद्यार्थी युनियनको कोष स्थापना गर्न लिखित निवेदन दिइए पनि रकम छुट्याइएको छैन, जसबारे प्रशासनले स्पष्टीकरण दिनुपर्ने। क्याम्पस प्रमुख तथा सहायक प्रमुख तोकिएको समय (बिहान १०:४०) भित्र किन उपस्थित नहुने भन्ने विषयमा प्रशासनले स्पष्टिकरण दिनुपर्ने माग रहेको छ ।

स्ववियुका नेताहरूले माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन्। तर, क्याम्पस प्रशासनले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। विद्यार्थीहरूको विरोधले पठनपाठनमा असर परेको छ भने क्याम्पस सञ्चालन नै अवरुद्ध भएको छ।

Views: 47

प्रतिक्रिया (०)