Aamsanchar

वासिङ्टन डीसीमा विमान दुर्घटना, १८ श*व फेला

Author Image
बिहिवार, माघ १७, २०८१

वासिङटन डिसी – वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ। प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ। थप हराएकाहरुको खोजीकार्य जारी रहेको छ।

खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन। यसअघि अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको बताएको थियो।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर