Aamsanchar

सुनको भाउ एक सय रुपैयाँले घट्यो

Author Image
बिहिवार, माघ १७, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२