


ताप्लेजुङ- तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरिएको छ। नेपाल तामाङ घेदुङको अगुवाइमा शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रम गरी बिहीबार सोनाम ल्होसार मनाइएको हो।

नेपाल तामाङ घेदुङ ताप्लेजुङ जिल्ला समन्वय समितिको आयोजना तथा नगर कार्यसमितिको सह–आयोजनामा फुङ्लिङ बजारमा सांस्कृतिक र्याली निकालिएको छ। र्यालीले बजार परिक्रमा गरी सामुदायिक भवन ९सिटी हल० मा पुगेर शुभकामना आदानप्रदान सहितका कार्यक्रम गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ।

विभिन्न जातीय संस्थाका प्रतिनिधि आ–आफ्नै भेषभूषा लगाएर र्यालीमा सहभागी बन्नुभएको थियो। जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा २८६१ औं सोनाम ल्होसार भव्य रूपमा मनाइएको तामाङ घेदुङले जानकारी दिएको छ। सोनाम ल्होसार विशेष गरेर तामाङ समुदायले घर, गुम्बा तथा सार्वजनिक स्थानमा पूजाआजा, प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमहरू गरी मनाउने गर्दछन्।

