Aamsanchar

झापाको कन्काईमा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति

Author Image
बिहिवार, माघ १७, २०८१

बिर्तामोड- झापाको कन्काई नगरपालिका –२ सुकेडाँगीमा बिहान आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको १० वटा प्लास्टिकको ड्रम, १८ वटा कुखुरा, पराल, काठपात, कुटी काट्ने मेसिन र गाईगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । सो आगलागीबाट ४ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । सोही गोठमा रहेको एउटा गाई र बाछा घाइते भएका छन् ।

त्यस्तै, देउकुमारी राईको आगो निभाउने क्रममा घाइते हुनुभएको छ । स्थानीय र छिमेकी बिर्तामोड नगरपालिका दमकलको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । कन्काई नगरपालिकामा आफ्नै दमकल छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर