Aamsanchar

सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्र

Author Image
शुक्रवार, माघ १८, २०८१

जुम्ला – जुम्लामा लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र पालिकाको बजेटबाट निर्माण भएका आयोजना उपलब्धिविहीन भएका हुन् ।

तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा ५० लाख रुपैयाँभन्दा धेरै बजेट खर्च भएका छन् । तर, अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् । १२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा रहेका तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित ९पाखो० २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्र खेती भएको छ ।

जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ ।

सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर