Aamsanchar

३ जनाको ज्यान जानेगरी भँडारे खोलामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिए

Author Image
शुक्रवार, माघ १८, २०८१

काठमाडौं- ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनीष लुइँटेलले दुर्घटनापछि फरार भएका चालक सुनसरी घर भएका वर्ष २२ का अनिल पण्डित भक्तपुरको इन्टरनेश्नल अस्पतालमा उपचाररत भेटिएको जानकारी दिए।

उनका अनुसार दुर्घटना भएपछि चालक फरार थिए। ‘चालक फेला नपरेपछि खोजीकार्य सुरु गरेका थियौँ,उहाँ भक्तपुरको इन्टरनेश्नल अस्पतालमा उपचाररत हुनुहुँदो रहेछ,हामीले अहिले निगरानीमा राखेका छौँ,’उनले भने।

हिजो (बिहिबार) भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको थियो। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ छन्। यस्तै, उनीहरुका आफन्त ४५ वर्षीया तारा गुरुङको पनि मृत्यु भएको छ। बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर