Aamsanchar

मुक्कुम्लुङ घटनाका घाइतेलाई मधेश केन्द्रित आठ दलका नेताले भेटे

Author Image
शुक्रवार, माघ १८, २०८१

काठमाडौं –  मधेश केन्द्रित आठ दलका नेताहरूले संयन्त्रले मुक्कुम्लुङ घटनाका घाइतेहरूलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत घाइतेहरूलाई मधेश केन्द्रित आठ दलका नेताहरूले भेटेका हुन् । ताप्लेजुङस्थित पाथिभरामा केबुलकार बनाउन नहुने माग गर्दै भएको प्रदर्शनमा यमबहादुर लिम्बु (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ )र सगुन लावती (पाँचथर) घाइते भएका छन् ।आठ दलीय मोर्चाले आदिवासी जनजातीको आस्थामाथि प्रहार गर्ने केबुलकार निर्माण गर्न नहुने मत राखेका छन् ।

घाइतेहरूलाई भेट्न आठ दलीय मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, रामनरेश राय, केशव झा, रेणु यादव, रामकुमार शर्मा, मनिष सुमन, बृर्खेषचन्द्र लाल, गंगाराम थारू, शरद सिंह यादव, लक्ष्मणलाल कर्ण, विजय सिंह, सन्तोष मेहता लगायत पुगेका थिए ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर