Aamsanchar

२० हजार धरौटीमा आशिका तामाङलाई रिहा गर्न आदेश

Author Image
शुक्रवार, माघ १८, २०८१

काठमाडौँ – आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।

सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर