Aamsanchar

दिव्यरत्न बाल क्लब उत्कृष्ट घोषित

Author Image
शुक्रवार, माघ १८, २०८१

कनकाई । कनकाई सुरुंगामा रहेको दिव्यरत्न ईङ्लिस सेकेन्डरी स्कुल बाल क्लब उत्कृष्ट क्लब घोषित भएको छ ।
आज कनकाई नगर बाल सञ्जालले एक कार्यक्रमको बिच दिव्यरत्न बाल क्लबलाई यस वर्षको नगर उत्कृष्ट क्लव घोषणा गरेको हो ।

नगर बाल सञ्जालको आठौँ साधारणसभा एवं आठौँ पुर्न गठन कार्यक्रमको अवसरमा कनकाई नगर बाल सञ्जालद्वारा  दिव्यरत्न बाल क्लबलाई सम्मान पत्र प्रदान गरिएको छ ।

बालबालिकाको हक अधिकार संरक्षक गर्दै बालबालिकाको सङ्गठित हुन पाउने अधिकारलाई प्रत्याभूत गराएको हुँदा क्लबलाई उत्कृष्ट घोषणा गरिएको बाल सञ्जालका अध्यक्ष अश्लेषा कँडेलले जानकारी दिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)