Aamsanchar

झापा : जुकेकल्भटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Image
सोमवार, माघ २१, २०८१

बिर्तामोड – झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए।

घाइते सिटौलाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउन साथ बिहान ५ बजे चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर