Aamsanchar

यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा महतो पनि

Author Image
सोमवार, माघ २१, २०८१

काठमाडौं – नेपाली यू-१९ महिला टोलीकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा पनि परेकी हुन् । एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् । उनलाई आईसीसीले छैटौं नम्बरको खेलाडीका रूपमा राखेको छ ।

पुजाले प्रतियोगिताभर ४ खेलमा ७० रन बनाएकी थिइन् । उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिइन् । त्यस्तै उनले ९ विकेट समेत लिएकी थिइन् ।

टिम अफ द टुर्नामेन्टमा एक अतिरिक्त सहित राखिएका १२ जनामध्ये भारतका ४, दक्षिण अफ्रिकाका ३ तथा इंग्ल्याण्डका २ जना छन् भने नेपाल, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी रहेका छन् ।

प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै आइतबार भारतले उपाधि जितेको थियो ।

नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदा प्लेअफमा भने आयोजक मलेसियालाई हराउँदै सान्त्वना जित निकालेको थियो ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर