




झापाको बिर्तामोड–२ चारपानेकी गोमा निरौला लिम्बु बिरामी नविनका काकाले सञ्चालन गरेको अभियानका क्रममा देश तथा बिदेशमा रहेका सहयोगी भावनाका धनिहरुबाट ८ लाख ४७ हजार ६ रुपैयाँ संकलन भएको गोमाले बताइन् ।


उक्त रकम मध्ये तीन लाख ११ हजार ५३६ रुपैयाँ खर्च भएको र बाँकी रहेको रकम आज ९सोमबार० आयव्यय सार्वजनिकसँगै बिरामी नविनलाई नै हस्तान्तरण गरेकी छिन् । नविन आमाबुबा बिहिन रहेको अझै अस्पतालमा फलअप गर्नु पर्ने भएकाले उनलाई बाँकि रकम हस्तान्तरण गरिएको गोमाले बताइन् ।

नविल फूटवल खेल्ने क्रममा किपरसँग ठोक्किदा उनको आन्द्रामा समस्या आएपछि सामान्य उपचा गर्दा समस्या जटिल देखिएपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याएर उपचार गराइएको थियो ।


आर्थिक अवस्था नाजुक र आमाबाबु बिहिन नविनको अवस्था देखेर गोमाले नविनका दाजु कमल शेर्पाको नेपाल बैंक लिमिटेडमा रहेको खाताको क्यूआर मार्फत सामाजिक सञ्जालबाट देशबिदेशमा रहने महानुभावसँग सहयोगको अपिल गरेको गोमाले बताइन् । उनले सवै देश तथा बिदेशमा रहने महानुभावको सहयोगका कारण नै नविनको उपचारमा ठूलो सहयोग मिलेको भन्दै सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिएकी छिन् । उनले आफु पनि आठराईबासी नै भएको र छिमेकी भाईको त्यो अवस्था देखेर आफुले अभियान चलाएको बताइन् ।
आय ब्यय सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा सामाजिक ब्यक्तित्व प्रेमप्रकाश सिटौला, बिरामीका दाजु कमल शेर्पा, काका इन्द्रकुमार शेर्पा, बिर्ता सिटी अस्पतालका प्रशासन प्रमुख बिनोदकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
भिडियो पनि हेर्नुहोस् ।