

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।


Views: 121

