Aamsanchar

मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा फेला

Author Image
बिहिवार, माघ २४, २०८१

सुलीकोट-  गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका–१० मिरकोटस्थित माथिल्लो खड्का गाउँमा आज बिहान ७ बजेको समयमा मृत अवस्थामा चितुवाको माउ र बच्चा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले जानकारी दिनुभयो ।

स्थानीयवासी र प्रहरीले डिभिजन कार्यालय गोरखामा जानकारी गराएपछि डिभिजन कार्यालय गोरखाको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा करिब चार–पाँच वर्ष पुगेको जस्तो देखिने वस्यक पोथी चितुवा मिरकोटको माथिल्लो खड्का गाउँमा भेटिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

‘माउसँगै दुई वटा पोथी बच्चाहरू पनि फेला परेका छन्, जसमध्ये एउटा मृत अवस्थामा फेला परेको छ भने अर्को बच्चा जिवितै छू, कार्यालय प्रमुख शाण्डिल्यले भन्नुभयो, ‘बच्चा चाँहि माउले च्यापेर मरेको हुन सक्छ, माउ चितुवाको मृत्युको कारणबारे खुलेको छैन ।’

मृतक चितुवा र बच्चालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय गोरखामा ल्याइएको उहाँले बताउनुभयो । मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिएको छ भने जिउँदो चितुवाको बच्चालाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्र पठाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इन्च लम्बाई ३५ किलो तौल रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । मृत अवस्थामा फेला पारेको चितुवा अन्य जङ्गली जन्तुसँग झगडा गरी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर