Aamsanchar

बिर्तामोडमा एडभान्स पेन स्पेशलिस्ट क्लिनिक सञ्चालनमा आउने

Author Image
बिहिवार, माघ २४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक दुखाइसम्बन्धी समस्या उपचार गर्ने एडभान्स पेन स्पेशलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ। झापाका प्रसिद्ध डाक्टरहरू निरु नेपाल, पुष्पक रेगी र मुस्कान श्रेष्ठको संयुक्त प्रयासमा यो क्लिनिक स्थापना गरिँदै छ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आगामी माघ २६ गते शनिवार क्लिनिकको विधिवत रूपमा उद्घाटन गरिने जानकारी दिइएको छ। कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा आउने यस क्लिनिकबाट विभिन्न प्रकारका दुखाइ समस्याहरूको न्यूनिकरण तथा निवारण गरिनेछ। क्लिनिकमा क्यान्सर दुखाइ, पुच्छरको हड्डी दुख्ने (कोक्सिक्स), मधुमेह न्यूरोपैथी, अनुहार दुखाइ, पछाडिको शल्यक्रिया असफल भएमा, ढाड दुखाइ, माइग्रेन, न्यूरोपैथिक दुखाइ, प्रेत अंग दुखाइ, पोस्ट हर्पेटिक न्यूराल्जिया, साइटिका तथा खेलकुदका चोट आदिको उपचार गरिनेछ।

सञ्चालक डा। पुष्पक रेगीका अनुसार, दुखाइ समस्या भएका धेरै मानिसहरूले सही उपचार नपाएर लामो समयसम्म समस्या झेल्नु परेको छ। साथै, उपचारको बहानामा अनावश्यक रूपमा धेरै पैसा खर्चिनु परेको स्थिति छ। यो विकृतिको अन्त्य गर्दै रोगको सही पहिचानपछि मात्र उपचार थालनी गरिने हुँदा विरामीहरूले सही र प्रभावकारी उपचार प्राप्त गर्नेछन्।

डाक्टर निरु नेपालका अनुसार, जीवनको गुणस्तर सुधार गर्न विशेष हेरचाह, शिक्षा, जागरूकता प्रदान गर्दै मिथकहरूको पर्दाफास गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो।

डाक्टर मुस्कान श्रेष्ठले क्लिनिकमा फिजियोथेरापी, मनोवैज्ञानिक परामर्श, औषधि सेवनको न्यूनिकरण, रोकथाम तथा हेरचाह सेवाहरूलाई उच्चतम प्रभावकारी बनाइने जानकारी दिए।

झापा जिल्लामा पहिलो पटक यस्तो क्लिनिक सञ्चालनमा आउनु दुखाइ व्यवस्थापन तथा उपचारमा महत्वपूर्ण फड्को मानिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
26
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)