



झापा – झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो १२ बजे कनकाई नगरपालिका-१ स्थित विमल चौतारामा दुर्गापुर-खुदुनाबारी जाने भित्री सडक खण्डमा दुर्गापुरबाट खुदुनाबारी तर्फ जादैं गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बिर्तामोड नगरपालिका ५ का अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमित साह घाइते भएका थिए । घाइतेहरू तत्काल उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको सोही अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।




यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
1
+1
2
Views: 1224