



सिन्धुली – सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन्।


झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारकाक्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
2
+1
Views: 14