Aamsanchar

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्याे

Author Image
शुक्रवार, माघ २५, २०८१

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२