



फिदिम-नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित हुनुभएको छ। फिदिम नगरपालिकामा सम्पन्न ९ औँ अधिवेशनबाट उहाँको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो।

युनियनको उपाध्यक्षत्रय राजेश मिश्र, कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिवमा हिमाल रिजाल, सहसचिवमा थमराज जैशी, कोषाध्यक्षमा प्रदीप थापा चयन भएको निर्वाचन समितिले जनाएको छ।


अधिवेशनले हरि बाँस्कोटा, मुना राना, शान्तिराम घिमिरे, उमेश शाह, कर्ण थिङ, गुमानसिं तामाङ, जुना रिजाल, उमादेवी राई, मेदनी भण्डारी, प्रेम सिग्देललाई कार्यसमितिको सदस्यमा चयन गरेको छ।


यस्तै केन्द्रीय प्रतिनिधिमा लक्ष्मीप्रसाद बाँस्कोटा, बलराम आलेमगर, ऋषिकेश तुम्रोक तथा प्रदेश प्रतिनिधिमा राजेन्द्रप्रसाद लुइटेल, ओमप्रकाश यादव, धर्मदेव ठाकुर चयन भएको नवनिर्वाचित अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19