



करिब ४३ हजारभन्दा बढी जनसङ्ख्या रहेको झापा गाउँपालिकामा गाउँपालिकाले कृषि , शिक्षा , स्वास्थ्य जेष्ठनागरिक , एकल , विपन्न लगायतलाई विशेष प्राथमिकता दिएको छ । सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको हो ।

जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको हो ।


गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अर्ग्यानिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ ।
पालिकामा सिञ्चाइ सुविधा बढाउन झापा गाउँपालिकाले यतिबेला सबै वडाका कृषकका लागि सिँचाइको मोटर स्प्रे ट्याङ्की वितरण गरिरहेको छ । गाउँपालिका भित्रका सबै वडामा आज आइतबार एकसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिइन । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा ज्येष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रबर्द्धन गर्न मोटर वितरण गरिएको उनले बताइन ।


पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरूलाई वितरण गरिएको थियो ।
झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि परियोजनाको लागि बिधुत महसुलमा ८० प्रतिशत र पालिका बासीलाई ५० प्रतिशत बिधुत महसुस समेत तिरी दिदैँ आएको कार्यवाहक अध्यक्ष थपलियाले आमसंचारलाई बताइन ।
कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रम समेत सञ्चालित रहेको र यस आर्थिक वर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउँदै , झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाएका सबै कार्यक्रमहरूलाई निरन्तरता दिदैँ अगाडि बढेको कावा अध्यक्ष थपलियाको भनाई छ ।
स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरूले अगाडि सारेको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।
झापा गाउँपालिका मकै खेतीको ‘मकै जोन’ क्षेत्र भएकोले यहाँका किसानलाई पालिकाले २०७४ साल देखिनै प्राथमिकतामा राखेर सहयोग पुर्याउँदै आएको समेत थपलियाले उल्लेख गरे ।
थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो ।
किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि काम गरिएको जनाइएको छ ।
आजको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव ,७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर , निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल , कृषक एवं शिक्षा समिति सदस्य शुन्दरलाल गणेश , कृषक तविजो मिया,कुमार मैनाली लगायतले आ आफ्नो प्रतिक्रिया सहित मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथी प्रकास कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेती र कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गरेका थिए ।
गाउँपालिकाले कृषकहरुका लागी बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन अनुदान दिइरहेको निर्वाचित अध्यक्ष जय नारायण शाहले जानकारी दिए ।
त्यसैगरी गाउपालिकाले कृषकहरुका लागि मोटर सङ्सगै सिचाई मिटरमा समेत ८० प्रतिशत र गरिब तथा विपन्न हरुका लागि ५० युनिट सम्मको विधुत महशुल शुल्क समेत गाउँपालिकाले तिरिदिने गरेकोउनले बताए ।