काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ को गीतमा स्वर दिएका छन्। उनका स्वरमा रहेको गीत ‘नेपाल हासेको’ सार्वजनिक भएको हो, जसमा संगीत र शब्द पनि बालेनका छन्। गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गरेको छ।

यस गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला र अन्य कलाकारहरूको अभिनय छ। यो गीत सार्वजनिक भएपछि ‘लाज शरणम्’ को हाइप अझ बढेको छ।

यो चलचित्र ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो, जसमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन्। ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ।

Views: 146

