Aamsanchar

सुनको मूल्य तोलामा २ हजार सात सय रुपैयाँ घट्यो

Author Image
बुधवार, माघ ३०, २०८१

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार सात सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भएको हो।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२