Aamsanchar

शिवसताक्षीमा महिला मृत अवस्थामा फेला

Author Image
बुधवार, माघ ३०, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा एक महिला मृत अवस्थामा फेला परेकी छन्। ५८ वर्षीया गंगामाया लिम्बु आफ्नै घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाएर मृत फेला परेकी हुन्।

प्राप्त जानकारीअनुसार, गंगामाया लिम्बु आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् भने उनका श्रीमान धर्मराज सेनेहाङ लिम्बु हाल सिक्किममा रहेको बुझिएको छ। घटनाको जानकारी इलाका प्रहरी कार्यालय झिलझिलेलाई प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

प्रहरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र पोष्टमार्टम रिपोर्टपछि थप विवरण आउने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर