Aamsanchar

फागुनका लागि बैंकको ब्याजदर स्थिर

Author Image
बुधवार, माघ ३०, २०८१

काठमाण्डौ – २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् ।

ब्याजदर यथावत् राख्नेहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, प्रभू, सिटिजन, प्राइम कमर्सियल, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । तर ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमईले ब्याजदर ५ दशमलव ७५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२