Aamsanchar

जलमग्न बन्यो बबरमहल

Author Image
बुधवार, माघ ३०, २०८१

काठमाडौँ – पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।

पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर