Aamsanchar

९ जना फरार प्रतिवादी पक्राउ, त्यस मध्ये एक जनाको ५ रुपैयाँ जरिवाना

Author Image
बुधवार, माघ ३०, २०८१

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार देवीसहित रामविनोद प्रसाद यादव, गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेत रहेका छन् । उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्त हुन् ।

माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)