Aamsanchar

प्रेम जोडीहरूलाई हर्क साम्पाङकाे आग्रह : खानेपानीको पाइप तान्न आउनु

Author Image
बिहिवार, फागुन १, २०८१

काठमाडौं – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन्।

उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरू सबै आउनु होला।’

अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस ´भ्यालेन्टाइन डे’ चलिरहेको छ। यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)