




हाब्रे मस्कट, अर्ना प्रतिक, हिमालको शान

कोशी प्रदेशको पर्यटकीय पहिचानलाई उजागर गर्न हाब्रे (रेड पाण्डा) लाई मस्कटका रूपमा स्वीकृत गरिएको छ। नेपाली राष्ट्रिय झण्डाको कभरमा केवल कोशी टप्पुमा पाइने अर्ना, साथै हिमाल, पहाड, तराई, कोशी नदी र प्राकृतिक सौन्दर्य झल्काउने अन्य तत्व समेटिएको लोगो निर्माण गरिएको छ।

धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष ध्यान


पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल का अनुसार प्रदेशका मुख्य चार धार्मिक गन्तव्यहरू—वराहक्षेत्र, हलेसी, पाथीभरा, र रामधुनी लाई प्रवद्र्धन गरी धार्मिक पर्यटक भित्र्याउने योजना छ। हालै बागेश्वर बाबा भ्रमणका क्रममा मात्र १५ लाखभन्दा बढी पर्यटक वराहक्षेत्र पुगेको तथ्यांकले धार्मिक पर्यटनको सम्भावना उजागर गरेको छ।
बजेट र पूर्वाधारको तयारी
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ पर्यटन विकासका लागि विनियोजन गरेको छ। तिनै तहका सरकारहरूको सहकार्यमा चार प्रमुख पदमार्गहरू—चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग, र मुन्धुम पदमार्ग को प्रवद्र्धन योजनासमेत अघि सारिएको छ।
पर्यटन सहयोगी टोली र सूचना केन्द्रहरू
भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्रहरू स्थापना गर्दै तथ्यांक व्यवस्थापनलाई सशक्त बनाइनेछ। साथै, ५०० पर्यटन स्वयंसेवक (भोलेन्टियर्स) तयारी अवस्थामा राखिनेछन्, जसले बजार प्रवद्र्धनदेखि भ्रमण व्यवस्थापनमा सहयोग पु¥याउनेछन्।
साहसिक खेल र पर्यटकीय आकर्षण
कोशी प्रदेशमा साहसिक पर्यटनका रूपमा प्याराग्लाइडिङ, स्काइवाक, जिपलाइन, रक क्लाइम्बिङ, माउन्टेन साइक्लिङ, र जंगल सफारी सञ्चालनमा छन्। पर्यटन क्षेत्रमा थप आकर्षण दिन इटहरीको इप्पील्याण्ड, झापाको ह्याप्पील्याण्ड, भेडेटार र कन्यामको स्काइवाक लगायतका परियोजनाहरू विस्तार गरिने छन्।
रमणीय कोशीः सबैलाई स्वागत छ !
“कोशीको गौरव, हिमालको सान; पर्यटन वर्षमा, सबैलाई सम्मान“ भन्ने नाराका साथ कोशी प्रदेशले २०८२ लाई ऐतिहासिक पर्यटन वर्ष बनाउने लक्ष्य लिएको छ। विदेशी पर्यटकहरू आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रमहरू तीव्र बनाइँदैछ। यो अभियान सफल भयो भने कोशी प्रदेश नेपालकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना प्रबल देखिन्छ।