बिर्तामोड । झापाको बिर्तामोड भद्रपुर रोडस्थित आरआर पोलिक्लिनिकमा मधुमेह, थाइरोइड तथा हर्मोनसम्बन्धी रोगको विशेषज्ञद्वारा उपचार सुरु भएको छ । भारतको प्रतिष्ठित पीजीआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइरोइड तथा हर्मोन रोगमा विद्यावारिधि (डीएम) गरेका विशेषज्ञ डा. प्रसिद्ध ढकालको सेवा माघ ६ गतेदेखि दैनिक रुपमा उपलब्ध छ ।

कोशी प्रदेशका एकमात्र डीएम एन्डोक्राइनोलोजी विशेषज्ञ डा. ढकालको आगमनसँगै मधुमेह तथा हर्मोनसम्बन्धी गम्भीर समस्याहरूको स्तरीय उपचार बिर्तामोडमै सम्भव भएको छ । अब इन्सुलिन प्रयोग गर्ने, सुगर नियन्त्रणमा नरहने, प्रकार १ मधुमेह तथा गर्भावस्थाको मधुमेह भएका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् ।
यस अतिरिक्त, मधुमेहको अत्याधुनिक उपचार जस्तै सीजीएम (Continuous Glucose Monitoring) र इन्सुलिन पम्पको सुविधा भारत जानु पर्ने बाध्यता हटेको छ । हाइपरथाइरोइडिजमको रेडियोएक्टिभ आयोडिन थेरापी गर्न चाहने बिरामीले पनि परामर्श लिन सक्नेछन् ।

डा. ढकालको सेवा प्रारम्भ भएपछि हर्मोनसम्बन्धी विभिन्न समस्या समाधान हुने आशा गरिएको छ । बच्चाहरूको उचाइ नबढ्ने, किशोर अवस्थामा दारी–जुँगा नआउने, कम उमेरमै महिनावारी सुरु हुने वा ढिलो हुने, ट्रान्सजेन्डर स्वास्थ्य समस्या, उच्च रक्तचाप, मोटोपना, पुरुषमा स्तन बढ्ने, यौन इच्छामा कमी, बारम्बार मिर्गौलामा पत्थरी हुने, हड्डी भाँचिने जस्ता समस्याहरूको उपचार बिर्तामोडमै सम्भव भएको पोलिक्लिनिकका सञ्चालक महेन्द्र बहादुर राईले बताए ।



डा. प्रसिद्ध ढकालको योग्यता
डा. ढकालले एमबीबीएस काठमाडौं विश्वविद्यालयबाट गरेका हुन्। उनले एमडी भारतको दोस्रो ठूलो सरकारी अस्पताल पीजीआई चण्डीगढबाट तथा सुगर, थाइरोइड र हर्मोन रोगमा विद्यावारिधि (डीएम एन्डोक्राइनोलोजी) भारतकै सबैभन्दा ठूलो सरकारी अस्पताल एम्स (नयाँ दिल्ली) बाट गरेका हुन्। साथै, उनले अमेरिकाको हार्वर्ड मेडिकल स्कुल र युरोपियन एसोसिएसन फर स्टडी अफ डायबेटिजबाट पनि उच्च शिक्षा हासिल गरेका छन्। डा. ढकालले आफू कोशी प्रदेशमै एक मात्र डीएम मधुमेह, थाइरोइड र हर्मोन विशेषज्ञ रहेको दावी गरेका छन् । उनको भनाई अनुसार नेपालमा ५–६ जना मात्र डीएम उपाधि डाक्टर रहेका छन् ।
जीवनशैलीजन्य रोगहरूको वृद्धिको तथ्याङ्क
विश्वव्यापी रूपमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्ट्रोल वृद्धि, फ्याटी लिभर तथा पिसिओडी (PCOD) जस्ता रोगहरू तीव्र रूपमा बढ्दै गएका छन्। भारतमा हरेक चारमध्ये एक जनाको सुगर नर्मल छैन, जबकि नेपालमा पनि यस्तै अवस्था छ । यी समस्याहरूले दीर्घकालीन रूपमा हृदयघात, प्यारालाइसिस, मृगौला खराबी, आँखाको रेटिना समस्याहरू निम्त्याउने भएकाले समयमै विशेषज्ञ उपचार आवश्यक हुन्छ।
बिर्तामोडमै उच्चस्तरीय उपचारको व्यवस्था
यसअघि पूर्वी नेपालका बिरामीहरूले काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो। अब भने बिर्तामोडमै विशेषज्ञ सेवा, अत्याधुनिक ल्याब परीक्षण तथा नवीनतम औषधिहरू उपलब्ध भएकाले बिरामीहरूलाई सहज भएको छ ।