




कोशी प्रदेशसभा सदस्य खगेश्वरी पौडेल अधिकारीले इलामका पर्यटकीय क्षेत्रमध्ये सन्दकपुर गाउँपालिका जैविक विविधतामा धनी रहेको बताइन् । उनले इलाममा पर्यटक आकर्षित गर्न सबैले सहकार्य गर्नुपर्ने बताइन् । उनले आफू कोशी प्रदेशको सांसद निर्वाचित भएपछिबाट नै सहयोग गरेको बताउँदै पटक पटक अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसंग सन्दकपुरको विकास बारे चासो राखेको बताइन् । उनले प्रदेश विकास निर्माणको योजना बैंकमा सन्दकपुरको बारेमा विभिन्न योजनाहरु समावेश गर्न पहल गरेको बताइन् । उनलेपाटी नभनि हराभरा बनाएर कसरी हुन्छ बढि भन्दा बढि पर्यटक भित्र्याउने काममा लाग्न जरुरी देखिएको बताइन् । सन्दकपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष उदय बहादुर राईले आफ्नो कार्यकालमा अघि बढाइने त्रिधार्मिक पार्कको कार्यलाई निरन्तरता दिन सुझाव दिए । उनले इलाम बजारलाई खानेपानी उपलब्ध गराए बापत बनाइदिने भनिएको त्रिधार्मिक पार्कको कार्यलाई समन्वय र सहकार्य गरेर निर्माण गर्दै पर्यटकहरुलाई आर्कषणको केन्द्र बनाउन सुझाव दिए । माइपोखर नजिकै रहेको जोरपोखरीको विस्तारको कार्य आफु पालिका अध्यक्ष हुँदा सुरु भएको बताउँदै रेडपान्डा पदमार्ग नमुनबाट माइपोखरी–छिन्तापु हुँदै धापपोखरीसम्म ४३।७ किलोमिटर २०७६ सालबाट सुरु भएको बताए ।

केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्योरालीले सन्दकपुर पर्यटनको अथक सम्भावना भएको क्षेत्र भएपनि रेडपान्डाको माध्यमबाट बढि प्रर्वद्धन गर्न सकिने बताए । उनले लोपोन्मुख प्रजाती रेडपान्डा हतपत नभेटिने बताउँदै पर्यटकहरुलाई पटक पटक आउनका निम्ती विभिन्न योजनाहरु बनाएर अघि बढेको बताए । उनले अन्तरराष्ट्रिय बजारमा रेडपान्डालाई ब्रान्डिङ गर्ने चाहना रहेको बताए । रेडपान्डा संरक्षण सम्बन्धी कार्य गर्दै आएको दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले मानविय विकासका कारण रेडपान्डाको बासस्थान जोखिममा परेको चिन्ता व्यक्त गरे । उनले पैदल मार्ग बनाउँदै गर्दा बासस्थान संरक्षणको चुनौतीलाई ध्यानमा राखेर कार्य गर्न सुझाव दिए । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन विकासका लागि तीनै तहको सरकारको समन्वय आवश्यक रहेको बताए । उनले सबै पालिकासंग हातेमालो गरेर अघि बढनुपर्ने बताए । महोत्सव उद्घाटन अवसरमा रेडपान्डा पदमार्गसमेत उद्घाटन गरिएको छ ।

साथै गाउँपालिकाको वार्षिक पर्यटन पात्रो विमोचन गरिएको छ । पर्यटन पात्रोमा हरेक बर्ष चैत्र २० गतेबाट रेडपान्डा महोत्सव आयोजना गर्ने तय गरिएको छ । महोत्सवको अवसरमा माइपोखरीबाट जौबारी सम्म पदयात्रा समेत सुरु गरिएको छ । चैत्र २३ गतेसम्म नेपाल र भारतका पदयात्रीहरुले रेडपान्ड पाइने क्षेत्रको अध्ययन र अवलोकन गर्नेछन् । उद्घाटन कार्यक्रममा स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङगेलीले रेडपान्डा पदमार्ग नेपालमै पहिलो सन्दकपुरमा रहेकोब ताए । उनले दोश्रो पटकको आयोजनाबाट परिणाममुखी नतिजा देखिने सम्भावना रहेको बताए । रेडपान्डा पदमार्गमा माइपोखरी, जिल्लाकै अग्लो पर्यटकीयस्थल सन्दकपुर, छिन्टापु, गोरुवाले, रेडपान्डा पाइने क्षेत्र चोयाटार वन लगायत दर्जनौं महत्वपूर्ण पर्यटकीयस्थल छन् ।


कार्यक्रममा कोशी प्रदेशकी पूर्व पर्यटनमन्त्री एवम् इलाम क्षेत्र नं १ (क) की सांसद खिनु लङ्वा लिम्बुको समेत सहभागिता रहेको थियो । ११ करोड भन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ । १५ पर्यटकीय गन्तव्य जोड्ने पदमार्गको प्रवद्र्धन गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गत बर्षबाट सुरु भएको हो । महोत्सवमा आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु पदयात्राका क्रममा अध्ययन गर्न पाइन्छ ।