

झापा – जिल्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। चितवनबाट झापातर्फ आइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा हिजो साँझ दुर्घटना भएकोे हो।

दुर्घटनामा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत गम्भीर घाइते भएका थिए।

उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। घाइते ५ जनाको विराटनगरस्थित न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।

Views: 118

