Aamsanchar

विर्तामोड–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १६० जनाले सेवा लिए

Author Image
शुक्रवार, वैशाख १९, २०८२

चारपाने । झापाको विर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन हिजो चरापाने बेलडाँगी स्थित वडा कार्यलयमा आयोजना भएको महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा सचेतना कार्यक्रममा १६० जना सर्वसाधारणहरुले सेवा लिएका छन् ।

विपन्न मजदुर वर्गलाई सेवादिने उदेश्य राखेर आयोजना गरिएको शिविरमा ११६ जनाको क्यान्सर पहिचान स्क्रिनिङ र फिजिसियन सेवा तर्फ ११० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । बिएण्डसी अस्पतालको प्रविधिक सहयोग रहेको थियो ।

शिविरमा स्त्री रोग डाक्टर रागिनी जैसवाल, फिजियिन डाक्टर नरु महर्जनले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमै आयोजना भएको सचेतना परामर्स कार्यक्रमको सहजीकरण नर्स प्रतिमा कार्कीले गरेकी थिइन । सेवाग्राहीहरुलाई छिटो सेवा दिनको लागि अस्पतालका स्वास्थ्यकर्मीहरु अनिता पौडेल, कौशिला राजवंशी, अनिस्का श्रेष्ठ र अस्पतालज प्रसाशन बाट खेम घिमिरे र अरुणा लकान्द्री खटिएका थिए ।

वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतमा आयोजित सिविरको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधी निला गौतम, शर्मिला राजवंशी, ओमनाथ गौतम, चेतन विमली चारपाने स्वाथ्य केन्द्र प्रमुख प्रेमप्रसाद पाण्डे उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव हिमा खनाल पोखरेलले गरेकी थिइन ।

 

 

Views: 352

प्रतिक्रिया (०)