राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत २०८२/८३ को नीति तथा कार्यक्रममा शहरी विकाससम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइएको छ। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको योजनालाई नीति तथा कार्यक्रममा समावेश गर्दै राजधानी क्षेत्रको व्यवस्थापन र समग्र शहरी सुधारलाई केन्द्रमा राखिएको छ।

नीति तथा कार्यक्रममा उल्लेख गरिएका प्रमुख शहरी विकासका बुँदाहरू यसप्रकार छन् ।

काठमाडौं उपत्यकाको सुधार :

उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण तथा पर्यावरणीय सुधार गरिने।

आवास कार्यक्रम :
आपतकालीन आवास तथा आवासविहीन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइने। आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइने।
अव्यवस्थित क्षेत्रको विकास :
कमजोर र अव्यवस्थित शहरी क्षेत्रहरूको एकीकृत विकास गरिने।
भृकुटीमण्डपको विकास :
भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सभा हल र मनोरञ्जन पार्कका रूपमा विकास गरिने।
नगर विकास कोषको पुनर्संरचना :
शहरी पूर्वाधारका लागि पूँजी परिचालन गर्न नगर विकास कोषको पुनर्संरचना गरिने, जसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाबीच बाँडफाँड गरिने।
सडक सञ्जालको एकीकरण :
संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा स्थानीय तहका केन्द्रहरूलाई राष्ट्रिय र प्रादेशिक सडक सञ्जालसँग जोडेर आवागमन र विकासमा अन्तरसम्बन्ध कायम गरिने।यी कार्यक्रमहरू नेपालको शहरीकरणलाई दीर्घकालीन, समावेशी र पूर्वाधारमुखी दिशातर्फ लैजाने उद्देश्यसहित प्रस्तुत गरिएका छन्

