Aamsanchar

म्यानचेस्टर सिटीले उल्भ्सलाई हरायो

Author Image
शनिवार, वैशाख २०, २०८२

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ ।

सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीका लागि घरेलु मैदानमा खेलको ३६ मिनेटमा केभिन डि ब्रुएनाले गरेको गोल नै निर्णायक बन्यो ।

सिटीको ३५ खेलमा ६४ अङ्क भएको छ । आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने सिटीको सम्भावना कायमै छ ।

लिभरपुलले शीर्ष स्थानमा रहेर यसअघि नै उपाधि जितिसकेको छ । दोस्रोमा आर्सनल छ । उसको ३४ खेलमा ६७ अङ्क छ ।

त्यस्तै समान ३४ खेलमा न्युकासल ६२ अङ्कसहित चौथो र चेल्सी ६० अङ्कसहित पाँचौं स्थानमा छ ।

प्रिमियर लिगमा आज एस्टनभिल्ला र फुलहम, लेस्टरसिटी र साउथह्याम्पटन, एभर्टन र इपस्विच टाउन तथा आर्सनल र बर्नमाउथबीच खेल हुँदैछ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर