हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।

हालको अवस्था :
देशभर आंशिकदेखि सामान्य बदली। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा।

दिउँसोको पूर्वानुमान :
देशभर आंशिकदेखि सामान्य बदली। कोशी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात सम्भावित।

रातिको पूर्वानुमान :
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली। बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।


विशेष सतर्कता :
चट्याङसहितको वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध।

