

काठमाडौं- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ ।

सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगा नदीमा आएको बाढीले बगाएको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।

उनले भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्याएर फर्कने क्रममा बीच नदीमै फस्यो।’
Views: 274


