

काठमाडौं – वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन्स रोगबाट थलिएका नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो।
अस्पतालको सघन उपचार कक्ष९आईसीयू०मा उपचाररत नेपालको दिउँसो निधन भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

७१ वर्षीय नेपाल केही दिनदेखि अस्पतालमा उपचाररत थिए। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री र २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
नेकपा एमालेका नेता नेपाल पछिल्ला वर्षमा भने राजनीतिमा सक्रिय थिएनन् । साहित्यकारसमेत रहेका उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् ।
उनको आजै साँझ पशुपति आर्यघाटमा दाहासंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।
Views: 181


