Aamsanchar

विदेशी प्रजातिका कुकुर दर्ता गर्न २ हजार शुल्क लाग्ने

Author Image
मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विदेशी प्रजातिको कुकुर दर्ता गर्नका लागि २ हजार शुल्क तोकेको छ। महानगरपालिकाले आज सूचना जारी गरी सबै वडा कार्यालयलाई कुकुर र बिरालो पाल्नुअघि दर्ता गराउन निर्देशन दिँदै शुल्कबारे जानकारी दिएको हो।

महानगरपालिकाले गत चैत २० गते गोरखापत्र दैनिकमा काठमाडौँ महानगरपालिका क्षेत्रका कुकुररबिरालोलाई माइक्रोचिपिङ गराई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न र माइक्रोचिपिङ लगाएर मात्र विक्री वितरण गर्नुरगराउनु भनी सूचना प्रकाशित गरेको थियो।

महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिकाका कुकुररबिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) मा कुकुररबिरालोमा धनीको विवरणको ढाँचा रहेकाले सोही बमोजिम नेशनल भेटेरिनरी काउन्सिल प्राप्त डाक्टरबाट पहिचान माइक्रोचिपिङ गराई वडा कार्यालयमा दर्ता गर्नेरगराउने व्यवस्था गराउनुपर्ने छ।

साथै यस विषयमा कुनै दुविधा भएमा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका वरिष्ठ पशु चिकित्सक (दशौं) को ९८५११२९६१७ मा सम्पर्क गर्न सकिने छ।

‘​माइक्रोचिपिङ गराउन काठमाडौँ महानगरपालिकाको ३६ औं नगरसभाबाट अर्थ सम्बन्धित प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ को पाना नं ८१ र ८६ अनुसार स्थानीय कुकुरको निःशुल्क र विदेशी प्रजातिको प्रतिकुकुर दुई हजार मात्र राजस्व लिई दर्ता गराउने कानूनी व्यवस्था रहेको सोही अनुसार गर्नुरगराउनु हुन अनुरोध गरिन्छ,’सूचनामा उल्लेख छ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर