Aamsanchar

तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया वृद्धाको मृत्यु

Author Image
बुधवार, वैशाख २४, २०८२

गलकोट-  बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो।

उनको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर