

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। उनी निवास खुमलटार फर्किसकेका छन्। हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

Views: 189

