

काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज हिजोजस्तै तोलाको एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


Views: 140

