

काठमाडौं – पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

बुधबार बिहान शकरगढ सेक्टरमा पाकिस्तानी सुरक्षा बलले थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै पीटीभी न्यूजले जनाएको छ ।पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।



Views: 357

